साउन
२३, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्यमा गिरावट आएको छ । यस
दिन सुनको मुल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज मंगलबार स्थानिय बजारमा चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता