चैत
२, काठमाडौँ। सुनको मूल्य आज बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेको छ।
बुधबार स्थिर
रहदै प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन
बिहीबार एक लाख ६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी
महासंघले जनाएको छ।
त्यस्तै
आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ।
प्रतितोला
चाँदी बुधबार एक हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो भने आज पाँच रुपैयाले
बढेर एक हजार तीन सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।
यता आज सुन प्रतिऔंस अन्तर्राष्ट्रिय बजारमा १९ सय पन्ध्र
अमेरिकी डलरमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता