मंसिर १९, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ।
दिनहुँ
जस्तो बढेर नयाँ ऐतिहासिक किर्तिमानी बनाइरहेको सुनको मुल्य आज एकैदिन प्रतितोला
दुई हजार चार सय रूपैयाँ घटेको हो छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी
सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी
आज मंगलबार
नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर १५ सय रूपैयाँमा कारोबार
भइरहेको छ।
- न्युज बहार संवाददाता