कार्तिक २१, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदी सुबैको मूल्य घटेको छ।
यसदिन सुनको भाउ प्रतितोला चार
सय रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक
लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय ५० रुपैयाँमा
कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य पनि
घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता