असार २३, काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बृद्धि भएको छ ।
सुनचाँदी महासंघको अनुसार सुनको मूल्य गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा १ हजार रुपैयाँले बढेको हो ।
नेपाली बजारमा गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० रुपैयाँ थियो भने यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख १० हजार ६०० रुपैयाँ पुगेको छ । यसरी हेर्दा एक हप्तामा सुनको मुल्य १ हजारले बढेको छ।
त्यसैगरि, चाँदीको मूल्य यो साता १५ रुपैयाँले समेत बढेको छ । गत साताको शुक्रबारको चाँदिको मुल्य प्रतितोलामा १३६० रुपैयाँ थियो भने यो साता बढेर १३७५ रुपैयाँ कायम पुगेको छ।
- न्युज बहार संवाददाता