मंसिर
६, काठमाडौँ । अमेरिकी डलरको विनिमय दर आज बुधबार हालसम्मकै उच्च भएको छ।
आज बुधबारको लागि एक अमेरिकी
डलरको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६८ पैसा तोकिएको छ। अमेरिकी डलरको यो मूल्य हाल सम्मकै
उच्च हो।
आज
युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ ६२ पैसा र बिक्रीमा १४६ रुपैयाँ २७
पैसा पाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसदिन क्यानेडियन डलर एकको
खरिदमा ९७ रुपैयाँ ०८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५२ पैसा पाइने छ भने आज
अष्ट्रेलियन डलर एकको खरिदमा ८७
रुपैयाँ ३९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७९ पैसा तोकिएको छ।
नेपाल
राष्ट्र बैंकले आज कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६
रुपैयाँ ६७ पैसा पाइने जनाएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६
रुपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५२ पैसा तोकेको छ ।
आज
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाइनेछ।
साउदी अरेबियन रियाल एकको खरिददर आज राष्ट्र बैंकले ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर
३५ रुपैयाँ ६४ पैसा तोकेको छ ।
बुधबार
कुवेती दिनार एकको खरिदमा ४३२ रुपैयाँ ०५ पैसा र बिक्रीमा ४३४ रुपैयाँ पाइनेछ। यस
दिन मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ६० पैसा र बिक्रीमा २८ रुपैयाँ ७३
पैसा पाइनेछ।
आज
बुधबार बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६०
पैसा तोकिएको छ।
- न्युज बहार संवाददाता