कार्तिक १०, काठमाडौँ । प्याजको नेपाली बजारमा मूल्यवृद्धि
हुने देखिएको छ । छिमेकी राष्ट्र भारतमा प्याजको मूल्यवृद्धि भएकोले यसको
प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने देखिएको हो ।
प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य १५ दिनमा वृद्धि भएर ७० रुपैयाँ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।
मुख्य गरी भारतमाथि नै नेपाली बजार तथा भान्सा प्याजका लागि निर्भर रहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले उता भारतमा मूल्यवृद्धि हुँदा यता प्रत्यक्ष असर पर्ने बताउँछन । उनले भने ‘पूर्णरुपमा नेपाली बजार भारतीय बजारमा निर्भर रहेको छ, उताका वस्तुमा मूल्यवृद्धि हुँदा यता पनि भाउ बढ्छ नै ।’
औसतमा दैनिक ९० देखि एक सय टन प्याज कालीमाटी बजारमा मात्रै भारतबाट आयात गर्ने गरिन्छ ।
- न्युज बहार संवाददाता