जेठ २१, काठमाडौँ। लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज साताको पहिलो कारोबार दिन अर्थात आइतबार भने घटेको छ।
आज आइतबार स्थानिय बजारमा सुनको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँ घटेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज आइतबार चाँदीको मूल्य पनि घटेको छ।
आइतबार चाँदी २० रुपैयाँले घटेर प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।।
- न्युज बहार संवाददाता