फागुन १२, काठमाडौँ ।नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ बढेको छ। सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ७० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज सोमबार चाँदीको मूल्य पनि बढेको छ।
चाँदी
सोमबार प्रतितोला १५ रूपैयाँले बढेको हो।
आज चाँदी
एक हजार नौ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता