Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एक हप्तामा २८ सयले बढ्यो सुनको मुल्य

  •   ३ वर्ष अघि | २७ असोज २०८०, शनिबार

असोज २७, काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको शुक्रबारसम्म गत साता शुक्रबारको तुलनामा २८ सयले मूल्य वृद्धि भएर सुनको कारोबार भएको महासंघले जनाकारी दिएको छ ।

छापावाल सुनको मूल्य गत साताको शुक्रबार तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ थियो भने यो साताको शुक्रबार १ लाख १० हजार १०० रुपैयाँ छ । 

त्यसैगरी गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ थियो भने यो साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ ।

अर्को तर्फ चाँदीको मूल्य पनि एक सातामा तोलामा ३५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम थियो भने यो साताको शुक्रबारमा चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप