चैत ८, काठमाडौँ । आज बिहिबार नेपाली बजारमा सुनको मूल्यले नयाँ
रेकर्ड बनाएको छ।
आज सुनको
मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आज सुनको
मुल्य दुई हजार छ सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख २७ हजार आठ रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
२७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
आज बिहीबार
चाँदीको मूल्य पनि बढेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो ।
आज चाँदी प्रतितोला एक हजार पाँच सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ
।
- न्युज बहार संवाददाता