Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

निरन्तर बढ्ने क्रममा सुनको मुल्य, आज कति बृद्धि भयो?

शुक्रबार पनि सुनको मुल्य बढ्ने क्रमले निरन्तरता पाएको छ।

  •   ४ वर्ष अघि | ३ चैत्र २०७९, शुक्रबार

चैत ३, काठमाडौँ। शुक्रबार पनि सुनको मुल्य बढ्ने क्रमले निरन्तरता पाएको छ।

आज शुक्रबार सुनको मुल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेको थियो।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

सुनको आजको मूल्य पुनः पछिल्लो रेकर्ड नजिक पुग्न लागेको छ। यसअघि गत  १९ माघमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो। उक्त माघ १९ का दिन सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, शुक्रबार चाँदीको मूल्यमा पनि बृद्धि भएको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप