चैत
१४, काठमाडौँ । नेपाली स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रमले आज पनि निरन्तरता
पाएको छ।
आइतबारदेखि
घटेको सुनको मूल्य आज मंगलबार पनि निरन्तर रुपमा घटेको छ।
सुनको
मूल्य साताको पहिलो दिन आइतबार प्रतितोला छ सय रुपैयाँ, दोस्रो दिन सोमबार प्रतितोला दुई सय
रुपैयाँ र आज तेस्रो दिन प्रतितोला एक हजार रुपैयाँले घटेको हो।
आज बजारमा
छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात
हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी
दिएको छ।
त्यस्तै
आज
मंगलबार चाँदीको मूल्य पनि
घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको
छ।
सोमबार
चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो भने सोमबारको तुलनामा आज चाँदीको मूल्य
प्रतितोला ५ रुपैयाँ घटेको हो।
- न्युज बहार संवाददाता