असार १९, काठमाडौँ। नेपाली स्थानिय बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ।
सुनको मूल्य मंगलबार प्रतितोला चार सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी नेपाली स्थानिय बजारमा आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता