असोज १, काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य र चाँदी दुबैको मुल्य बढेको ।
सोमबार हरितालिका तीजको दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेका छ।
आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ।
सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता