असार १, काठमाडौँ। आज शुक्रबार स्थानिय बजारमा सुन-चाँदीको मूल्य बढेको छ।
सुनको भाउ आज प्रतितोला आठ सय रुपैयाँ नै बढेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज शुक्रबार चाँदीको पनि मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता