असार ८, काठमाडौँ। नेपाली स्थानिय बजारमा सुन र चाँदिको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ।
मंगलबारदेखि ओरालो लागेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ।
आज शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला २५ रुपैयाँ घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता