Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

  •   ३ वर्ष अघि | २३ फाल्गुन २०८०, बुधबार

फागुन २३, काठमाडौँ । सुनको मूल्यले आज बुधबार नेपाली बजारमा नयाँ रेकर्ड राख्न सफल भएको छ।

केही दिनदेखि बढिरहेको सुनको मूल्य आज पनि बढेर हालसम्मकै उच्च विन्दुमा कारोबार भइरहेको छ ।

आज सुन प्रतितोला पाँच सय रूपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बुधबार चाँदीको मूल्य भने घटेको छ।

आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४० रूपैयाँमा किनबेच भइरहेको छ । 

  • न्युज बहार संवाददाता

थप