पुस ४, काठमाडौँ । कुखुराको अन्डाको
मूल्य पुन : बढेको छ । भोली अर्थात पुस ५ गतेदेखि लागु हुनेगरी नेपाल लेयर्स
कुखुरापालक संघका अनुसार अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँको दरले बढेको हो ।
नयाँ मुल्य
अनुसार मिडियम साइज अन्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अन्डा प्रतिक्रेट
४८५ रुपैयाँबाट ५०० रुपैयाँ प्रतिक्रेट पुगेको छ ।
आज बिहीबार
बसेको संघको बैठकले चितवनलाई आधार मानेर बिक्री मूल्य निर्धारण गरेको हो । मुल्य
बढेपछी अब बजारमा अन्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ भन्दा बढी पर्ने देखिएको छ ।
संघका
अनुसार अन्डा बिक्री डिपोमा पुर्याउँदा कार्टु, क्रेट र भाडा सहितको प्रति पेटी १४० रुपैयाँ थप लाग्ने छ ।
- न्युज बहार संवाददाता