फागुन २८, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बृद्धी भएको छ।
सुनको
भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी
आज बुधबार
चाँदीको मूल्य पनि बढेको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ३० रूपैयाँले बढेको हो।
यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार
रूपैयाँमा कारोबार भइरहेको छ ।
- न्युज बहार संवाददाता