बैशाख
६, काठमाडौँ। विगत दुई दिनदेखि नेपाली बजारमा स्थिर रहेको सुनको भाउ बुधबार भने
बढेको छ।
सुनको
मूल्य सोमबार र मंगलबार स्थिर रहेको थियो तर आज भने प्रतितोला तीन सय रुपैयाँले
बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यसैगरी, आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी गराएको छ।
- न्युज बहार संवाददाता