कार्तिक २२, काठमाडौँ । नेपाली बजारमा बुधबार सुन–चाँदी दुबैको मूल्य घटेको छ।
यसदिन
सुनको भाउ प्रतितोला तिन सय रुपैयाँ घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १४ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ।
त्यसैगरी, आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता