बैशाख १५, काठमाडौँ। आज शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ।
आज सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।
आज शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज शुक्रबार नेपाली बजारमा चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता