माघ २९, काठमाडौँ
। नेपाल चिकित्सक संघ आजको लागी पूर्वघोषित आन्दोलन फिर्ता लिने सहमत भएको छ । आइतबार
बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा जारी आन्दोलन
फिर्ता लिएर अस्पताल खोल्नेबारेमा ६ बुँदे सहमाति भएको स्वास्थ्य मन्त्रालयको
स्रोतले जनाएको छ ।
यसबारे औपचारिक जानकारी केहीबेरमै दिइने मन्त्रालयको
भनाइ छ । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका एक चिकित्सक डाक्टरमाथि
सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज नेपाल चिकित्सक आकस्मिकबाहेक
अस्पतालको अन्य सेवा सबै ठप्प पारेका थिए । जसका कारण उपचारका लागि अस्पताल आएका
बिरामी अलपत्र परेका छन उनिहरुले उपचार पाउनु पर्ने भन्दै केही बेर बिर अस्पताल
अगाडि नाराबाजि समेत गरेका थिए भने सडकमा गरिएको नाराबाजिले केही बेर उक्त
क्षेत्रको यातायात प्रभावित भएको थियो ।
चिकित्सक संघको आन्दोलन फिर्ता छ बुँदे सहमती ।
यसबारे औपचारिक जानकारी केहीबेरमै दिइने मन्त्रालयको भनाइ छ ।
- ४ वर्ष अघि | २९ माघ २०७९, आइतवार