माघ २७, काठमाडौँ । आज शुक्रबार संघीय संसदको संयुक्त बैठक बसेको छ । सोही
बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नु भयो बैठक भण्डारीकै
सम्बोधनबाट सुरु पनि भयो तर बिडम्बना राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद्लाई सम्बोधन गर्न संसद
भवन पुग्दा काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । राष्ट्रपति
कार्यालयदेखि संसद् भवनको बाटो राष्ट्रपति भण्डारीको सवारीका लागि भनि बन्द
गरिएपछि सडक अस्तव्यस्त बनेको हो ।
सवारीको लामो लाइन काठमाडौँ सहित ललितपुर र भक्तपुरसम्म देखिएको छ । उता आफ्नो काम सकेर घर फर्कने सुरसारमा रहेका सर्वसाधारणहरूलाई गाडी पाउनसमेत सकस भएको छ।
काठमाडौँमा यो समस्या आज मात्र भएको भने होइन हरेक चोटी भीभीआइपीहरुको सवारीको बहानामा सडक घण्टौँ सम्म अबरुद्ध बनाउने यहाको विशेषता जस्तै बनेको छ । संसदमा देश र जनताको लागी भनि सम्बोधन गरिरहदा आफ्नो सवारीले जनतालाई दिएको सास्ती तिर नी ध्यान दिए सडकमा हिड्ने सर्वसाधारणलाई केही सहज हुने थियो ।