Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मिडिया सोसाईटीको चुनौति रवि लामिछानेलाई ।

उनले लगाएको आरोप प्रती कुनै प्रमाण भए पुष्टि गर्न समेत चुनौती दिएको छ ।

  •   ४ वर्ष अघि | २४ माघ २०७९, मङ्लबार

माघ २४, काठमाडौँ । नेपाल मिडिया सोसाइटीले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबारको पत्रकार सम्मेलनमा मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ। केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा लामिछानेले विभिन्न मिडिया तथा पत्रकारहरूविरूद्ध अभिव्यक्ति दिएका थिए। उनले मिडिया तथा सञ्चारकर्मीहरूको नामै तोकेर अभिव्यक्ति दिएका थिए ।

सोसाइटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपालको परिवर्तन र जनताको हक अधिकारको स्थापना, संरक्षण र विकासका लागि अग्रिम मोर्चामा रहेर जनतालाई सूसुचित गराउने दायित्व निर्वाह गर्दै आएको नेपालको स्थापित पत्रकारिता क्षेत्रप्रति लामिछानेले दोहोरो नागरिकताका कारण पद गुमाएको पीडाको आक्रोश पोख्ने रवैयाले उनको नवोदित दलको मिडिया विरोधी रवैयालाई उदांगो पारेको छ। जनतालाई झुक्याएर उपप्रधान तथा गृहमन्त्री बनेको व्यक्तिले जनतासमक्ष माफी माग्नुको सट्टा नेपाली मिडियाले आफ्नो पद खोसेको जस्तो आरोप लगाउनुले उनको अराजनैतिक मनोदशालाई देखाएको छ। विज्ञप्तिमा भनिएको छ। ' लामिछानेको अभिव्यक्तिबाट सिर्जित हुनसक्ने कुनै अप्रिय घटनाको स्वयं लामिछाने र उनको दल जिम्मेवार हुनु पर्ने कुरा समेत स्पष्ट गर्न चाहन्छौं' ।

मिडिया सोसाइटीले रवि लामिछानेलाई आफ्नो गल्ती सच्याउन, गालीगलौज फिर्ता लिन पनि आग्रह गरेको छ। त्यस्तै उनले आरोप लगाएका मिडिया र मिडियाकर्मी प्रति कुनै प्रमाण भए पुष्टि गर्न समेत चुनौती सोसाइटीले दिएको छ।

थप