फागुन ३, पोखरा । जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३
मा कालीगण्डकीमा खस्दा १७ जना घाइते भएका छन् ।बसमा २ भारतीयसहित अन्य नेपालीहरु
रहेको खुलेको छ । मुस्ताङको थासाङ गाउँपालिकाको धम्पु भन्ने ठाउँमा सडकबाट तल जीप कालीगण्डकी खोलामा खसेको हो ।
बस नम्बर ना७ख
७४४० नदीमा खस्दा बसमा सवार सबै जना घाइते भएका छन भने घाइते मध्ये २ जनाको अवस्था
गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए । बस
करिब ४५ मिटर तल खसेको हो ।
रविन्द्रनाथ
पौडेलले बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत
हुँदा ठूलो क्षति हुन नपाएको बताएका छन ।
गम्भीर
घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइएको छ भने
बाँकी तीन जना जो सामान्य घाइते थिए उनिहरुको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य
केन्द्रमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।
दुर्घटनामा
पर्ने धेरै जसो घुम्न गएका पर्यटकहरु र केही स्थानीयहरू रहेको जानकारी प्रप्त भएको
छ । दुर्घटनामा परेका घाइतेहरु को सिघ्र स्वास्थय लाभको कामना गर्दछौँ ।