
माघ
२०, चितवन । भारतीय तरकारीको आयातले गर्दा आफ्नो तरकारीले उचित बजार र मूल्य
नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमै फालेर आन्दोलन गरेका छन् । चितवनका तरकारी उत्पादक
किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् । स्वदेशी
तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै उनिहरुले सडकमै तरकारी फालेर विरोध
गरेका छन ।
चितवनका
तरकारी उत्पादक किसानहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक
किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा,सिमि, काउली, बन्दा, जस्ता सबै खालका तरकारी सडकमा फालेर
आन्दोलन गरेका छन । तरकारी उत्पादक किसान लेखनाथ भुसालले भने, ‘यहाँ पालेको तरकारीमा किसानको
पसिना मिसिएको छ, पसिनाको
मूल्य पनि पाइएन’ ‘हाम्रो
दुःख र पसिना यसै गयो ।, सरकारले आफूहरुको समस्या पटक्कै
नसुनेको गुनासो पनि गरेका छन।
आफ्नो लागत
अनुसारको तरकारीको मूल्य सरकारले तोकिदिनु पर्ने र भारतीय तरकारीको आयात रोकिनुपर्ने
माग उनीहरुले गरेका छन। किसानलाई मार्न पाईदैन भन्दै प्रर्दशनका कारण केहीबेर राजमार्गमा
सवारी साधान सञ्चालन अबरोध भएको थियो भने किसानहरुलेसरकारले आफुहरुको समस्या
समाधान नगरे थप शशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।