Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

घट्यो पेट्रोल,डिजेल र मट्टीतेलको मुल्य

  •   १ वर्ष अघि | २ बैशाख २०८२, मङ्लबार

बैशाख २, काठमाडौँ । पेट्रोल र डिजेलको भाउ घटेको छ ।

आज मंगलबार नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा तीन रूपैयाँले घटाएको जानकारी गराएको हो । त्यसैगरी डिजेल/मट्टीतेल पनि लिटरमा तीन रूपैयाँले घटाएको छ ।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ भाउ सार्वजनिक गरेको हो ।

काठमाडौँ लगायत अन्य दुई स्थानमा अब पेट्रोलको भाउ १६० रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल–मट्टीतेलको प्रतिलिटर १४६ रूपैयाँ पर्नेछ।

नयाँ मुल्य बुधबार बिहान एक बजेबाट लागू हुनेछ ।

  • न्युज बहार संवाददाता

थप