चैत १७, काठमाडौँ। अर्थतन्त्रलाई
गति दिने गरि प्रभावकारी काम गर्ने नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएका छन्।
उनले शुक्रबार अर्थ मन्त्रालय
पदाभार ग्रहण गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै यस्तो भनेका हुन्।
खर्च
कटौती गर्ने दिशामा काम गर्ने उनले बताएका छन। महतले राजस्वको आधार बढाउन सकिएको
खण्डमा खर्च गर्ने क्षमता पनि बढाउन सकिने भन्दै अन्तर्राष्ट्रिय लगानी
भित्र्याउनका लागि उपयुक्त बतावरण निर्माण गर्ने पनि बताएका छन।
डा.
महतले भने ‘अहिले
हाम्रो साधारण खर्च बढी छ। पुँजीगत खर्च हामी गर्न सकेका छनौँ। राजस्वभन्दा बढी
साधारण खर्च छ। अर्थतन्त्रको समर्ग मागमा कमी आएको छ। विभिन्न क्षेत्रमा लगानी
शिथिल भएको छ।’
- न्युज बहार संवाददाता