चैत
१४, काठमाडौँ। आज मंगलबार नेप्से परिसूचक १२.१० अंकले बढेको छ।
आज कारोबारको
तेस्रो मंगलबारका दिन नेप्से ०.६३ प्रतिशतले बढेर १९१८.१० बिन्दुमा बन्द भएको छ।
यस
कारोबार दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
हिजो
सोमबार १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त
रकम बढेर यस दिन १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँ पुगेको छ।
आजको दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशतले
बढेको छ भने तेह्रथुम
पावरको सेयरमूल्य सर्वाधिक ३.१७ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता