Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु

  •   २ वर्ष अघि | ७ असार २०८१, शुक्रबार

असार ७, काठमाडौँ । ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु भएको छ  । नेपाली र स्थानिय आँपलाई बजारीकरण गर्नका लागि ‘म्याङ्गो फेस्ट’सुरु भएको हो ।

काठमाडौँ अर्गानिक्स र किसान भेन्चरले संयुक्त आयोजना गरेको  ‘म्याङ्गो फेस्ट’ तीन दिनसम्म जारी रहने जनाइएको छ ।

यस मेलामा सप्तरी, सिराहा र सर्लाहीका ५० किसानबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका १५ प्रजातिका आँपहरु राखिएको छ । 

उत्पला क्याफे बौद्ध, पानीपोखरीस्थित वालनट विस्ट्रो, द गार्डेन झम्सिखेल र काठमाडौँ अर्ग्यानिकमा मेला लागेको छ ।

यस मेला स्थानमा रसायनरहित आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू पाइनेछ । 

  • न्युज बहार संवाददाता

थप