असोज २५, काठमाडौँ । आइफोन १५ सिरिज नेपाली बजारमा पनि भित्रिएको छ।
अन्तर्राष्ट्रिय
बजारमा गएको भदौमा सार्वजनिक भएको आइफोन १५ सिरिजको विभिन्न मोडल नेपाली बजारमा पनि शुक्रबारदेखि
उपलब्ध हुने भएको हो।
भोलीदेखि आइफोन १५ को विभिन्न १३ वटा मोडल नेपालमा पनि खरिद गर्न
सकिने भएको हो ।
विभिन्न
स्टोरेज क्षमतामा एप्पलले आइफोन १५ को आइफोन १५, आइफोन १५ प्रो, आइफोन १५ प्लस
र आइफोन
१५ प्रो म्याक्स सार्वजनिक गरेको थियो।
आइफोन १५ मोडेलको सबैभन्दा सस्तो १२८ जिबी क्षमताको आइफोन १५ को मूल्य
एक लाख ५७ हजार पाँच सय रूपैयाँ रहेको छ।
त्यसैगरी सबैभन्दा महँगोमा आइफोन १५ प्रो म्याक्स हो जसको स्टोरेज
क्षमता एक टिबी रहेको छ र यसको बजार मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँ रहेको
छ।
यी बाहेक आइफोन १५ का अन्य
मोडेलहरु यी दुबै मुल्यको बिचको मुल्य रेन्जमा पाउन सकिने छ ।
- न्युज बहार संवाददाता