चैत
५, काठमाडौँ। नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत्
निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय नेपाल-भारतबीचको विद्युत आदान
प्रदान समितिको बैठकले गरेको छ।
शुक्रबार
भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न समितिको १४ औं बैठकले बिहार राज्यको ग्रिड
हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यहरुमा नेपालले बिक्री गर्ने
विद्युत् निर्यातको मोडालिटी एक महिना भित्र तय गर्ने निर्णय गरेको हो।
शुक्रबारको
नेपाल बैठक विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको
केन्द्रीय विद्युत प्राधिकरणका विद्युत प्रणाली सदस्य अशोक कुमार राजपुतको
सहअध्यक्षमा बसेको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने ‘नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको
केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात गर्ने छ, यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुङ्गो लगाउने निर्णय
भएको छ, यसबाट हाम्रो लागी नेपालको लागी वर्षायाममा
देशभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित भएको छ।’
- न्युज बहार संवाददाता