माघ २४, काठमाडौँ । सोमबार राती १२ बजेदेखि लागू हुने गरी सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
प्रतिलिटर रु ३ ले मूल्य बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको निगमले बताएको छ । निगमले एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको जनाएको छ ।