कार्तिक १०, महोत्तरी । पान र मखानको बिक्री मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा हाटबजारमा वढेको छ ।
पान र मखान (पोखरी, तलाउमा फलाइने फल विशेष) कोजाग्रत पूर्णिका दिन खाने-ख्वाइने परम्परा मधेशमा रही आएको छ ।
यस क्षेत्रका गाउँ नगर बस्तीका बजारमा एक दिनअघि नै पान र मखानको बजार जमेको हो । भोली शनिबार कोजाग्रत पूर्णिमा मनाइँदैछ । मैथिल परम्परा कोजाग्रत पर्वमा मखान र दूध खाने चलन छ । मखान शक्तिवद्र्धक पौष्टिक आहार हो ।
यसैगरी, कोजाग्रत पूर्णिमाका दिन सबैजसोले पान खाने भएकाले यस भेगमा एक दिनअघिदेखि नै पानका पातको बिक्री बढेको हो । अहिले पान पसले टाढाटाढाबाट पानका पात जुटाउन व्यस्त रहेका छन् ।
- न्युज बहार संवाददाता