कार्तिक १, काठमाडौँ । बुधबार नेपाली बजारमा सुन तथा चाँदी दुबैको मूल्य बढेको छ।
बुधबार सुनको भाउ एकैदिन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता