Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

३३ प्रतिशतले घट्यो डिजेलको आयात ।

आयात प्रभावित बनेपछि डिजेलबाट सङ्कलन हुने भन्सार राजश्व समेत प्रभावित ।

  •   ४ वर्ष अघि | ७ फाल्गुन २०७९, आइतवार

फागुन ७, काठमाडौँ । डिजेल आयात चालू आर्थिक वर्ष २०७९/८० मा ह्वात्तै घटेको पाइएको छ । गएको आर्थिक वर्षको ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा डिजेलको आयात ह्वात्तै घटेको सरकारी तथ्याङ्कले देखाएको हो । अर्थमन्त्रालयले भन्सार विभागबाट लिएर सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा डिजेलको आयात ३३.६५ प्रतिशतले घटेको हो । आयात प्रभावित बनेपछि डिजेलबाट सङ्कलन हुने भन्सार राजश्व समेत प्रभावित बनेको छ । 

खास गरी, चालू आर्थिक वर्षमा विकास निर्माणका काम नगण्य मात्रामा हुँदा यसको प्रभाव डिजेल आयातमा परेको हो । निर्माण क्षेत्रमा प्रयोग हुने ‘हेभी इक्वीपमेन्ट’हरुमा इन्धनकारुपमा डिजेलको बढी प्रयोग हुन्छ ।

 

थप