Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

“अहिले तपाइलाई केही दिन सक्दिन” प्रधानमन्त्री पुष्प्पकमल दाहाल प्रचण्ड ।

“अहिले तपाइलाई केही दिन सक्दिन” प्रधानमन्त्री पुष्प्पकमल दाहाल प्रचण्ड ।

  •   ४ वर्ष अघि | २२ माघ २०७९, आइतवार

माघ २२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटि  निराश भएर फर्केका छन् । उक्त भेटमा प्रधानमन्त्री दाहालले रविलाई अहिले केही पनि दिन नसक्ने बताए पछी रवि लामिछाने निराश भएका हुन ।

गृह मन्त्रालय आफुलाई दिन अडान राखीरहेका रविलाई प्रधानमन्त्री प्रचण्डले अहिले मन्त्री नै बनाउन नसक्ने जवाफ दिएका निकट स्रोतले बताएको छ ।

नागरिकता मुद्दा पार लागेको भएपनि राहदानीको विवाद बाँकि रहेकोले अहिले कुनै पद वा मन्त्रालय दिन नसक्ने कुरा प्रचण्डले व्यक्त गरेका प्रधानमन्त्री  निकट स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री दाहालले एक पटक गृहबाहेक अर्को मन्त्रालयका विषयमा पनि सोच्न रविलाई भनेका थिए तर प्रचण्डले मन्त्री नै बनाउन नसक्ने बताएपछि बाहिरिएको स्रोतको भनाइ छ ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धारामा बसीरहेको छ ।

थप