असोज १०, काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्यले पुनः
नयाँ रेकर्ड बनाएको छ ।
सुनको मूल्य गएको केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । सुन आज हालसम्मकै उच्च
विन्दुमा पुगेको छ ।
अघिल्लो दिनको तुलनामा सुन प्रतितोला तीन सय रूपैयाँले बढेको हो।
आज सुन
प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य स्थिर
रहेको छ।
स्थिर रहेको चाँदी आज प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको
छ ।
- न्युज बहार संवाददाता