Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्ब भन्दा माथी।

  •   ३ वर्ष अघि | १२ असार २०८०, मङ्लबार

१२ असार, काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ५६.९४ अंक , २.६७ प्रतिशत ले वृद्धि भएर २१८६.३६ को विन्दुमा बन्द भएको हो । लघुवित्त र वाणिज्य बैंकको सेयर लगानि कर्ताको आकर्षण बढ्दा नेप्से करिब सात महिना यताकै उच्च बिन्दुमा पुगेको छ।

केही दिनको करेक्सन पछि बिहिबारबाट पुनः बढ्न सुरु भएको नेप्से पछिल्लो ४ दिन लगातार बढ्दा १३५ अंक भन्दा माथिले वृद्धि भइसकेको छ ।

नेप्से परिसुचकसँगै पछिल्ला कारोबार दिनमा कारोबार रकम पनि निरन्तर उच्च देखिएको हुँदै गएको छ ।आजसम्म लगातार तेस्रो दिन नेप्समा ५ अर्ब भन्दा माथिको सेयर कारोबार भएको छ । मंगलबार ८० हजार ३९८ वटा कारोबारमा १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ६३ लाखको कारोबार भएको छ । आज नेप्सेमा स्वालम्बन लघुवित्तको सर्वाधिक कारोबार भएको छ ।

  • न्युज बहार संवाददाता

थप