असोज १२, काठमाडौँ । शुक्रबार साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ।
यस दिन सुन प्रतितोला आठ सय रुपैयाँ घटेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज, शुक्रबार नेपालि बजारमा चाँदीको मूल्य भने बढेको छ।
चाँदी शुक्रबार प्रतितोला २५ रुपैयाँले बढेको १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता