पुस २,
काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर
रहेको छ ।
हिजो सोमबार
पनि सुनको मुल्य प्रतितोला चार सय रूपैयाँले बढेको थियो ।
आज
मंगलबार सुनको मुल्य प्रतितोला दुई सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको
मुल्य भने स्थिर रहेको छ ।
स्थिर
रहेको चाँदी आज प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता