साउन १८, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुन–चाँदीको मुल्य बढेको छ।
यसदिन सुनको
भाउ प्रतितोला तीन हजार चार सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, आज आइतबार नेपाली बजारमा चाँदीको
मूल्य पनि बढेको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रूपैयाँले बढेको हो।
आज चाँदी प्रतितोला दुई हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको
छ।
- न्युज बहार संवाददाता