असोज
११, काठमाडौँ । बिहीबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्ने क्रमले निरन्तरता
पाएको छ।
यसदिन सुनको मूल्य प्रतितोला एक
हजार चार सय रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक
लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा
कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, नेपाली बजारमा बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता