बैशाख
१७, काठमाडौँ। आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्यमा सामान्य बृद्धि
भएको छ।
सुनको
मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज आइतबार नेपाली बजारमा चाँदीको मूल्य पनि बृद्धि भएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता