कार्तिक
२०, काठमाडौँ । आज देखी अवैध तथा गैरकानुनी रूपमा ल्याइएका फोनहरु ब्लक हुने भएका
छन
मोबाइल डिभाइस म्यानेजमेन्ट
सिस्टम (एमडिएमएस) आजदेखि लागू हुँदैछ।
सोमबारदेखि नेपाल दूरसञ्चार
प्राधिकरणले एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो।
प्रणालीमा दर्ता नभएका फोनहरू यो
प्रणाली लागु भएपछि क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले
जानकारी दिएका छन्।
खनालका अनुसार एमडिएमएस लागू
भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन।
ती फोनहरू ब्लक हुन्छन।
एमडिएमएसको
आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर आफ्नो फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने हेर्न
सकिन्छ। यसका लागि
किप्याडमा गएर *#०६# डायल गरेर आवश्यक मोबाइलको आइएमइआई
नम्बर पत्ता लगाउन सकिन्छ।
प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np
मा गएर ह्यानडसेट नयाँ छ भने
त्यसको आइएमइआई नम्बर दर्ता गर्न सकिन्छ।
- न्युज बहार संवाददाता