मंसिर
१३, काठमाडौँ । आज बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको
छ। सुनको मुल्यले लगातार तेस्रो दिन नयाँ रेकर्ड बनाएको हो ।
सोमबार र मंगलबार जस्तै आज बुधबार
पनि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ।
यस दिन सुन प्रतितोला एक लाख १९
हजार तीन सय रूपैयाँ पुगेको छ भने यो अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ
सय रूपैयाँ बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ।
त्यसैगरी, आज बुधबार चाँदीको मूल्य पनि बृद्धी
भएको छ।
चाँदी बुधबार प्रतितोला २०
रूपैयाँले बढेर १ हजार पाँच सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता