चैत २२, काठमाडौँ
। अण्डाको समर्थन बिक्री मूल्य नेपाल लेयर्स कुखुरा पालक सङ्घले तोकेको छ । संघका
सचिव मदन पोखरेलका अनुसार आज बिहबारदेखि नयाँ समर्थन लागू हुने छ ।
नयाँ समर्थन
मूल्यअनुसार मध्यम मिडियम अण्डा प्रति क्रेटको मूल्य ३७५ रुपैयाँ तोकिएको छ भने ठुलो
अण्डा प्रति क्रेटको मूल्य ३९० रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४०५ रुपैयाँ
कायम गरिएको छ ।
व्यवसायीहरूलाई
संघले जारी गरेको समर्थन मूल्य अनुसार कारोबार गर्न आग्रह पनि गरेको छ ।
- न्युज बहार संवाददाता