Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

तरकारी किसानको समस्याः आम्दनी लागत भन्दा आधा कम ।

सरकारले हाम्रो उत्पादन कम्तिमा लागत मूल्य उठ्ने बजार देओस्

  •   ४ वर्ष अघि | २५ माघ २०७९, बुधबार

माग २५, काठमाडौँ । नेपाली किसानहरु अहिले उत्पादित तरकारीको लागत मूल्य नपाएको भन्दै आन्दोलनमा छन् । भारतबाट आयात भएका तरकारीले स्थानीय स्तरमा उत्पादित तरकारीको मूल्यमा प्रभावित गरेको आरोप लगाउँदै सडक आन्दोलनमा उत्रीएका चितवनका तरकारी किसान केही दिन देही सडक आन्दोलनमा नै छन । धनु अधिकारी उहाँ पेसाले तरकारी किसान हुनुहुन्छ । अहिले गोलभेंडा प्रतिकेजी ७ रुपैयाँमा बेच्दै आउनु भएको चितवनको भरतपुर १६ मा तरकारी खेती गर्नु हुने उहाँले राम्रो मूल्य पाएको दिनमा १० रुपैयाँसम्म पाउँने गरेको बताएका छन । उहाँ भन्नुहुन्छ एक केजी गोलभेंडा उत्पादन गर्न १८ रुपैयाँ खर्च लाग्ने गरेको उनको हिसाब छ, जसमा जग्गा भाडा, खनजोत, टनेल, मल, बीउ, विरुवा उत्पादन, सिँचाइ, विषादीदेखि ज्यालासम्म पर्छ । धनु अधिकारी गुनासो गर्नुहुन्छ आफ्नो मिहिनेतको त हिसाबै छैन लागेको लागत पनि पाईदैन।

यो त प्रतिनिधी उदहरण मात्रै हो । यस्ता सयौँ तरकारी किसानको अहिलेको समस्या भनेको धनु अधिकारीको जस्तै तरकारी उत्पादनमा लागेको लागत पनि नपाउनु नै हो ।

चितवनका तरकारी उत्पादक किसानले १५ रुपैयाँ किलोमा काउली र ७ देखि १० रुपैयाँ किलोमा गाजर बेचिरहेका छन् । तर, कालिमाटीमा गाजरको थोक मूल्य २३ रुपैयाँ छ भने काउलीको २५ रुपैयाँ पुगेको छ ।

चितवनकै तरकारी किसान अरबिन्द सुवेदी बन्दा र काउलीले समेत अहिले बजार पाएका छैनन् । ठूला सहरतिरका उपभोक्ताले हाम्रो लागत भन्दा कयौं बढीमा तरकारी किनेका छन तर आफूहरु भने अब यो तरकारी पेशाबाट पलायन हुने अवस्थामा पुगिसकेको उनले बताए । सुवेदी अगाडि थप्नुहुन्छ ‘हामी सरकारलाई भन्दा भन्दै थाक्यौं । यसरी कति दिन बाँच्न सकिएला ? सुवेदीले भने ‘सरकारले हाम्रो उत्पादन कम्तिमा लागत मूल्य उठ्ने बजार देओस्, कमसेकम लागत उठ्यो भने हाम्रो मेहनत त खेर जाँदैन”।

थप